नेपाल बाहिरका यी अाठ देश, जहाँ घुमेर कहिल्यै अघाइँदैन

फरक धार

१९ साउन २०७५, शनिबार

घुम्न चाहने मान्छेले नयाँ नयाँ ठाउँ हेर्न मन पराउँछन् । घुम्दा जुन आनन्द आउँछ, त्यो वर्णनातीत हुन्छ । विश्वमा केही यस्ता ठाउँहरू छन्, जो घुम्नकै लागि प्रसिद्ध छन् । यसकै विशेषताले गर्दा मान्छेहरू त्यहाँ पुगेर घुम्ने इच्छा राख्छन् ।
केही यस्ता ठाउँहरूबारे यहाँ उल्लेख गर्दै छौं हामी, जहाँ एकपटक पुगेपछि बारम्बार जाने मन हुन्छ ।

आयरल्याण्डः

कल्चर, वर्ल्ड अर्डर, हेल्थ, मान्छेको उच्च जीवन स्तर र फेयर ट्रेड सपोर्टका लागि प्रसिद्ध यो ठाउँ विश्वकै सुन्दर ठाउँमध्य एक हो ।

फिनल्याण्डः

उत्तरी युरोपमा स्थित यो देश विज्ञान र प्रविधिको लागि विश्वभरमा चिनिन्छ । फिनल्याण्डमा घुम्ने यस्ता धेरै ठाउँहरू पनि छन्, जसले पर्यटकलाई सँधै मन्त्रमुग्ध पारिदिन्छन् ।

स्विट्जरल्याण्डः

आनन्दसँग यदि आफ्नो छुट्टि मनाउनु छ भने स्विट्जरल्याण्ड रोजाइमा पर्न सक्छ । पहाड र प्राकृतिक सुन्दरताले भरिपूर्ण यस सुन्दर देशमा आनन्दले घुम्न सकिन्छ । हेर्ने पनि नयाँनयाँ ठाउँ स्विट्जरल्याण्डमा छन् ।

फिजीः

सुन्दर प्राकृतिक सौन्दर्यसँगै फिजीमा मनमोहक मौसमको पनि मजा लिन सकिन्छ । फिजी घुम्नका लागि आश्चर्यको कुरा के भने, कुनै भिसा–सिसाको अनावश्यक लफडा पनि झेल्नुपर्दैन ।

सेसेल्सः

‘भिजिटर्स परिमिट’ लिएर यात्री सेसेल्समा घुम्न जान सक्छन् । सुन्दर सामुद्रिक किनाराका साथै सेसेल्समा ‘इको टुरिजम’ पनि महसुस गर्न सकिन्छ । यसकारण सेसेल्सलाई टुरिजमको हिसाबले परफेक्ट मानिन्छ ।

नेदरल्याण्डः

पोजेटिभ ग्लोबल इम्प्याक्ट कल्चर र आकर्षक टुरिस्ट पेल्सका कारण नेदरल्याण्ड घुमफिरका लागि पर्यटकको रोजाइमा परिसकेको छ । आफ्नो छुट्टि मनाउन, हनीमून मनाउन वा विवाह गर्न भनेर समेत टाढाबाट मान्छेहरू त्यहाँ पुग्छन् ।

न्युजिल्याण्डः

न्युजिल्याण्ड पनि प्राकृतिक छटाले सुसज्जित छ । यसलाई ‘पोलुसन फ्री’ सहर पनि भनिन्छ । न्युजिल्याण्डमा घुमाइ मात्र होइन, स्वादिलो खानाको मजा पनि लिन सकिन्छ ।

-एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे । 

 

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार