भारतका लागि सलमानले कट्रिनालाई १२ कराेड दिने

फरक धार

१८ साउन २०७५, शुक्रबार

एजेन्सी- अभिनेता सलमान खानकाे फिल्म ‘भारत’ प्रियंका चाेपडाले छाेडेपछि अब कट्रिना कैफ त्यसमा खेल्ने भएकी छिन् । कट्रिनाले फिल्ममा खेल्ने अनुमति जनाएपछि सलमान खुसी भएकाे र उनले याे फिल्मका लागि कट्रिनालाई १२ कराेड दिने भएका छन् ।

यसअघि कट्रिनाले एउटा फिल्मबाट ५-६ कराेड भारतीय रुपैयाँ लिने गरेकी थिइन् । प्रियंकाले फिल्म नगर्ने भएपछि समस्यामा परेकाे फिल्म निर्माण टाेलीसँग पारिश्रमिकबारे कुनै पनि कुरा नगरी कट्रिनाले फिल्ममा खेल्ने बताएकी थिइन् ।

फिल्म निर्देशक अली अब्बासकाे फाेनकै भरमा कट्रिनाले याे फिल्ममा काम गर्ने स्वीकृति जनाएकाे स्वयं कट्रिनाले जनाएकी छिन् । उनले अाफूले स्क्रिप्ट पढेकाे र अाफूलाई क्यारेक्टर मन परेकाे जनाएकी छिन् ।

कट्रिनाले सहजै फिल्ममा खेल्न मानेकाले पनि सलमानले उनलाई धेरै पारिश्रमिक दिएकाे हुनसक्ने चर्चा चुलिएकाे छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार