किन हुन्छ, सेशल्समा निर्माण हुन लागेको भारतीय सैन्य अखडको विरोध ?

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडाैं/ हिन्द महासागरमा अवस्थित ११५ द्विपको देश सेशल्समा भारतले निर्माण गर्न लागेको सैन्य अखडाको विरोध अझै रोकिएको छैन ।

विरोधका बाबजुद भारतले सेशल्समा २० वर्षका लागि सैन्य अखडा निर्माण गर्ने सम्झौता गरिसकेको छ । सेशल्ससँग गरिएको सम्झौता अनुसार भारतले सामुन्द्रीक र हवाई दुबै प्रकारका सैन्य गतिविधि गर्ने छ ।

हिन्द महासागरकै सबैभन्दा ब्यस्त जहाज मार्ग जिबतिमा चीनको पनि सैन्य अखडा रहेको छ । यसैको जवाफ स्वरुप भारतले सेशल्समा सैन्य अखडा निर्माण गर्न लागेको बताईन्छ ।

सेशल्सका विदेश राज्यमन्त्री बैरी फारेका अनुसार भारतले गरेको निशुल्क मद्दतको गुण तिर्न सेशल्सले भारतलाई सैन्य अखडा निर्माण गर्ने अनुमति दिएको हो । सेशल्सले सैन्य अखडा निर्माण गर्न दिएको बदलामा भारतले त्यहाँको १३ लाख वर्ग किलोमिटर क्षेत्रको आर्थिक विकासका लागि मद्धत गर्नु पर्ने छ ।

सेशल्सका नागरिकले भने सरकारको यो कदमको विरोध गरेका छन् । भारतीय सैन्य गतिविधिले पर्यावरणमा खतरा पुग्ने र सैन्य गतिविधिको वाहनामा भारतीय नागरिक सेशल्समा प्रवेश गर्न सक्ने भन्दै उनीहरुले सरकारको विरोध गरेका हुन् ।

– एजेन्सीकाे सहयाेगमा

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार