साेमपालले बनाए ६१ रन, अहिलेसम्म अाेडिअाईमा नेपालकाे उच्च स्काेर

फरक धार

१८ साउन २०७५, शुक्रबार

काठमाडाैं- नेदरल्यान्ड्समा पहिलाे पटक एकदिवसीय (अाेडिअाई) खेलिरहेकाे नेपालका लागि दाेस्राे खेलमा साेमपाल कामीले ६१ रनकाे याेगदान दिएका छन् । साेमपालकाे ६१ रन नेपाली अाेडिअाईका लागि अहिलेसम्मकै सबैभन्दा उच्च स्काेर हाे । उनले ४६ बलकाे सामना गर्दै याे याेगफल तयार पारेका हुन् ।

यसअघि नेपालका लागि पारस खड्का र ज्ञानेन्द्र कार्कीले अर्धशतक याेगदान गरेका छन् । शुक्रबारकै खेलमा पारसले ६९ बलकाे सामना गर्दै ५१ रन बनाएका थिए ।

आठौं नम्बरमा ब्याटिङ गर्न आएका साेमपालले ४६ बलको सामना गर्दै ५ चौका र ३ छक्काको सहयोगमा ६१ रन बनाएका हुन् ।

उनलाई ४६ औं ओभरको पहिलो बलमा नेदल्यान्डसका रिप्पोनले बोल्ड गरे ।

ओडिआईको डेब्यु खेलमा भने उनी कुनै पनि रन नजोडी आउट भएका थिए । बुधबार साेमपालले ९ बलको सामना गर्दा कुनै पनि रन जोड्न नसकी एलबिडब्लु धरापमा परेका थिए ।

तर, पहिलो खेलमा उनको बलिङ भने उत्कृष्ट थियो । कामीले ८.४ ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ३ विकेट लिएका थिए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार