सार्वजनिक जग्गामा बनेका भवन भत्काउँदै महानगर

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडौं/ काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गरेका संरचना भत्काउने भएको छ । महानगरपालिकाले व्यक्तिगत तथा निजी प्रयोजनमा रहेका सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान अन्र्तगत यस्तो गर्न लागेको हो ।

निजी प्रयोजनमा रहेका सार्वजनीक जग्गालाई सार्वजनिक उपभोगमा ल्याउनुपर्ने माग उठेपछि महानगरपालिकाले यस्तो कदम चालेको हो । महानगरको वडा नम्बर तीनमा रहेको होटल काठमाडौंले ओगटेको ६ आना जग्गा भोली फिर्ता लिने महानगरपालिकाले बताएको छ ।

यससँगै वडा कार्यालयले चालु आर्थिक बर्ष भित्र करिब १ अर्ब मूल्य बराबरको सार्वजनिक जग्गा सार्वजनिक उपभोगमा ल्याउने लक्ष्य राखेको छ । वडा नं. ३ मा भएको करिब २ सय रोपनी सार्वजनिक जग्गामध्ये १ सय ३६ रोपनी क्षेत्रफल रानीबारीले ओगटेको छ ।

त्यसबाहेक बाँसबारीमा रहेको २२ रोपनी, महाराजगञ्ज क्षेत्रमै रहेको ४२ रोपनी जग्गा सार्वजनिक प्रयोजनमा फिर्ता ल्याउने वडा कार्यालयले जानकारी दिएको छ । वडा नंं. ३ का वडा अध्यक्ष दिपक केसीका अनुसार सार्वजनिक जग्गामा निर्माण गरिएका व्यवसायीक तथा निजी भवन तथा संरचनाहरु तुरुन्तै हटाईने छ ।

अहिले महानगरपालिकाले ति भवनको निर्माण लागत ब्यहाेरे पनि कतिबर्ष देखि प्रयोग गरिरहेको सो को आधारमा भाडा पनि लिने छ । “अहिले हामीले उहाँहरुलाई सार्वजनिक जग्गामा निर्माण गरिएको भवनको निर्माण लागत त दिन्छौँ तर उहाँहरुसँग सार्वजनिक जग्गा प्रयोग गरेको भाडा पनि असुल्छौ ।” उनले भने ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार