आजको मौसमः मध्य र पश्चिमका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

फरक धार

१९ साउन २०७५, शनिबार

काठमाडौं– काठमाडौं उपत्यकासहित देशभर शनिबार वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली भएर हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ ।

राती पनि देशका धेरै स्थानमा सामान्य देखि पूर्ण बदली भएर हल्का देखि मध्यम खालको वर्षा हुने गंगा नगरकोटीले जानकारी दिइन । मध्य र पश्चिमका केही क्षेत्र भारी वर्षाको समेत सम्भवना छ । उनका अनुसार सोमबार सम्मनै मौसम यस्तै रहनेछ ।

काठमाडौंमा बिहान २०.२ डिग्री सेल्सियस मापन गरिएको तापक्रम दिउँसो बढेर २७ देखि २८ डिग्री सेल्सियससम्म पुग्नेछ । उपत्यकामा बिहान ५ः२९ मा झुल्किएको घाम दिउँसो ६ः५२ मा अस्ताउनेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार