मुख्यमन्त्री र राजदूत भेट

फरक धार

२० फागुन २०७४, आइतबार

धनगढी/ नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिज र प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच आज शिष्टाचार भेट भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटका क्रममा अमेरिकी राजदूत टेप्लिजले मुख्यमन्त्रीमा नियुक्त भट्टलाई बधाई र शुभकामना दिए ।

राजदूत टेप्लिज अमेरिकी सहयोग नियोग युएसएआइडीद्वारा सञ्चालित गतिविधिको अनुगमनका क्रममा त्यहाँ पुग्नुभएको मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव लक्ष्मीराम पौडेलले जानकारी दिए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार