सरकारविरुद्ध रणनीति बनाउन कांग्रेस छलफलमा

फरक धार

१९ साउन २०७५, शनिबार

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध रणनीति तय गर्न छलफलमा जुटेको छ । सरकार दुई तिहाईको बलमा पेलेर अघि बढ्न खोजेपछि आवश्यक रणनीति बनाउन सभापति शेरवहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा शिर्ष नेताहरुको बैठक चलिरहेको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा शिर्ष नेता, पदाधिकारी र पुर्वपदाधिकारीलाई आमन्त्रण गरिएको छ । सत्तापक्षले संसदीय समिति र संसद बैठकमा पेलेर जान खोजेको भन्दै काँग्रेसले त्यसविरुद्ध रणनीति तयार गर्न लागेको हो ।
सरकारविरुद्ध विरोधको कार्यक्रम तय गर्न भन्दै कांग्रेसले आज दिउँसो संसदिय दलको बैठक पनि बोलाएको छ । सिंहदरवारस्थित संसदिय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा पनि सरकार बिरुद्धका रणनीति तय हुने सचेतक पुष्पा भुषालले जानकारी दिइन ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार