जन्मदिनमै भारतीय फुटबलर सुनील क्षेत्री बने ‘एशियाली आइकन’

फरक धार

१९ साउन २०७५, शनिबार

काठमाडौं– एशियाली फुटबल महासंघ एएफसीले भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीलाई एशियाली आइकन घोषणा गरेको छ । क्षेत्रीको ३४औं जन्मदिनको अवसरमा उनलाई एशियाली फुटबलको सर्वोच्च संस्था एएफसीले आइकन घोषणा गर्दै सम्मान दिएको हो ।

सन् २००५ देखि भारतीय टिममा रहँदै आएका नेपाली मुलका सुनीलले हालैमात्र एक सय क्याप जितेका छन् । समकालिन खेलाडीमा उनी एशियाकै सर्वाधिक गोलकर्ता समेत हुन् । सन् २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका उनले अहिलेसम्म कुल १ सय १ खेलमा ६४ गोल गरेका छन् ।

अहिलेसम्म सक्रिय गोलकर्ताको सूचीमा सुनील क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भन्दा पछि तेस्रो स्थानमा छन् । सुनीलले भारतको आठवटा क्लबबाट खेलेका छन् ।

यस्तै पोर्चुगलको स्पोर्टिङ सिटीबाट समेत खेलेका उनले एएफसी च्यालेञ्ज कप २००८, साफ कप २०११ र २०१६, आई–लीग २०१०, २०१३, २०१४ र २०१६ मा जितेका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार