पहिरोले अबरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा

फरक धार

१९ साउन २०७५, शनिबार

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा पहिरो खस्दा अबरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार विहान ६ बजे खसेको पहिरोका कारण अबरुद्ध हुन पुगेको सडक बिहान साढे १० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।

अहिले रोकिएका गाडीहरु गन्तब्यतर्फ गइरहेको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । उनका अनुसार पहिरो खसेको स्थानमा अहिलेपनि ढुंगा खस्ने क्रम भने रोकिएको छैन । लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास जारी रहेको गौतमले जानकारी दिए ।

राती परेको वर्षाका कारण पहिरो खसेको हो । पहिरो खसेपछि प्रहरीले काठमाडौबाट जाने गाडीहरुलाई मुग्लिनमा र चितवनबाट जाने गाडीहरुलाई सिमल तालमा रोकेको थियो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार