उमेश अकिञ्चन विशेष ‘निरन्तर शनिबार’

फरक धार

१९ साउन २०७५, शनिबार

काठमाडौं/ विगत ०६२ साल वैशाख ३ गतेदेखि निरन्तर चलिरहको छ काव्य शृङ्खला, निरन्तर शनिबार । त्यसकै निरन्तरतामा आज शनिबार पनि बाल्मिकी विद्यापीठमा निरन्तर शनिवारको काव्य कार्यक्रम सम्पन्न भएको छ । यो शृङ्खला अतिथि कवि उमेश अकिञ्चन विशेष थियो ।

कवि सोझो गाउँलेले अकिञ्चनको कविता ‘बाराक ओबामा’ पाठ गरेसँगै कार्यक्रम सुरु भएको थियो । उनीसँगै मनोज न्यौपाने, गोकुल अधिकारी, संजीव राई र चन्द्र रानहाँछाले आफ्ना रचना वाचन गरे । यस्तै, बलराम दाहाल, राजुबाबु श्रेष्ठ, मीनराज बसन्त, केवल कार्की, सुदर्शन शिवाकोटी, टीका चाम्लिङ, मानिसलगायत अन्य दुई दर्जन स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए ।

सहभागी रचना वाचनको क्रम सकिएपछि अतिथि कवि उमेशले कविताबारे आफ्ना विचार राख्दै केही कविता सुनाए ।

कार्यक्रम निरन्तर शनिबारका संयोजक रहेका डिल्लीराम सुवदीले ‘निरन्तर शनिबार’को पृष्ठभूमि र यसका विविध गतिविधिबारे संक्षेपमा प्रकाश पार्दै कार्यक्रम सकिएको थियो ।

कवि/गजलकार पूर्णिमा प्रतिबिम्बले वाचित रचनाहरूको विद्युतीय अभिलेख राखेकी थिइन् । उक्त कार्यक्रम रेडियो अन्नपूर्ण नेपालबाट पनि बज्दै आइरहेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार