राहदानीबाट ११ लाख राजस्व संकलन

फरक धार

१९ साउन २०७५, शनिबार

उदयपुर- एक वर्ष अघिदेखि वैदेशिक रोजगारीको लागि विदेश जान चाहनेका लागि राहदानी दिने अनुमति पाएको उदयपुर जिल्लाको इलाका प्रशासन कार्यालय कटारीले एक वर्षभित्र राहदानी शुल्कबाट ११ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

२०७३/०७४ देखि २०७४/०७५ सालको असार महिनासम्ममा कटारी क्षेत्रबाट झण्डै एक हजार २ सय ४० पुरुष र ४ सय ३० महिलाले वैदेशिक रोजगारीका लागि राहदानी लिने कार्यमा राजश्व बुझाएबापत सो रकम संकलन भएको इप्रका कटारीका प्रमुख सुनील पौडेलले बताए ।

यसअघिसम्म वैदेशिक रोजगारीको लागि राहादानीको सम्पूर्ण कार्य जिल्ला सदरमुकाम गाईघाटबाट मात्र हुँदै आएको थियो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार