आमा तिमी पत्थर बन

अन्जना पौडेल ‘अनुश्रुती’

१९ साउन २०७५, शनिबार

हरेक आमाले छोरा जन्माउनुअघि
लाखौं पल्ट सोच्नु परेको छ !
आमाले छोरा जन्म दिन्न भनिन् भने के होला हँ ?

छोराको लिङ्ग पहिचान गरेर
भ्रुण हत्या गरिदिइन् भने के होला हँ ?

कुनै आमाले कल्पना गरेकी हुन्नन्
आफ्नो छोरा बलात्कारी
व्यभिचारी, चोर र फटाहा बनोस्
तर, बनिदिन्छन् उही
जुन सत्य आमा सोच्न समेत चाहन्नन् !

तिमी पत्थर बन्नु पर्छ
आफ्नो बलात्कारी, हत्यारा छोराको
तिमी आफैंले खुल्ला टुँडिखेलमा
संसारलाई लाइभ देखाउँदै
हजार भोल्टको करेन्ट लगाएर
तड्पाएर उसको इहलीला
समापन गरिदिनु पर्छ !

तिमीले मात्र सक्छ्यौ
यो अद्वितीय काम गर्न !
तिमीलाइ मात्र अधिकार छ
आफ्नो खराब सिर्जनालाइ
कोर्न ,मेट्न र जलाउन
आमा के तिमी सक्छ्यौ ?

नारी पीडक छोरोलाइ सजाय दिन
अरूको निर्दोष छोरी
आफ्नो कामुक र निर्दयी छोराबाट
बलात्कार र हत्या हुनबाट बचाउन

यो देशमा अन्धो कानुन छ
छोराको हितमा मात्र बोल्छ
छोरीलाई एउटा निर्जीव वस्तु
या त खेलौना सोच्छ !

बालिका बलात्कार‌ र हत्यादेखि
विदेशमा डाक्टर पढ्ने छोरीको
अस्मिता लुटिएको समाचारलाई
तमासे भएर हेरिरहन्छ सरकार
तिमी उभिने समय आएको छ
निस्पक्ष अदालत भएर
आमा , तिमी आफैं कानुन बन

आफ्नै अदालतबाट सजाय देऊ छोरालाई
वीभत्स बलात्कारपछि हत्या गरिएकी
छोरी जस्तै वीभत्स मृत्यु दण्डको !
तिमी एक उठ
अरू आमाहरू एक–एक गरेर
साथ दिने छन्
रक्षा गर निर्दोष छोरीहरूको
जसरी दुष्ट कौरवबाट द्रौपदीको
रक्षा गरेका थिए कृष्णले

आज कौरवको राज छ समाजमा

देख्ने ,सुन्ने मान्छेका कन्सिरीका
रौं ठाडा हुने गरी तर्सिउन्
आङ सिरिङ्ग हुने ग।प् झस्किउन्
मुटु चस्कियोस्
एउटै छोरालाई दिएको सजाय देखेर
छोरीमाथि गिद्दे नजर लगाउने
बलात्कारी, हत्यारा हुन
आइन्दा कुनैं छोराहरूले आँट नगरून्

जुगौं जुगसम्म
धर्ती र आकासको अस्तित्व रहँदासम्म !

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार