सेयर बजारमा एकभन्दा अर्ब बढीको कारोबार

फरक धार

१९ साउन २०७५, शनिबार

धितोपत्र बजारमा यस साता एक अर्ब सात करोड ६७ लाख ४८ हजारबराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कुल १ सय ८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता सेयर खरिद–बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १.९४ प्रतिशत बढी हो । गत साता १ सय ७९ कम्पनीको एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार रुपैयाँबराबरका ३९ लाख ४५ हजार ७६० कित्ता सेयर खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अंकले घटेर अन्तिम दिन एक हजार १९१.३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.४० अंकले घटेर २५१.१५ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा माछापुच्छे« बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको ६ करोड ८७ लाख १० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

त्यसैगरी, कारोबार भएको सेयर संख्याका आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको तीन लाख ३५ हजार कित्ता सेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार