नेपालसामु विशाल चुनाैती, जिम्बावेले दियाे ३८१ रनको लक्ष्य

फरक धार

२० फागुन २०७४, आइतबार

जिम्बावेमा भइरहेको विश्वकप छनाेटको पहिलो खेलमा जिम्बावेले नेपालसामु ३८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको जिम्बावेले घरेलु मैदानमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८० रन बनाएको हो । नेपालका लागि वसन्त रेग्मी र सोमपाल कामीले २/२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले समान १/१ विकेट लिए ।

उच्च स्कोर बनाउने क्रममा जिम्बावेका दुई ब्याट्समेन ब्रेन्डन टेलर र सिकन्दर राजले सतक प्रहार गरे । सिकन्दर ६६ बलमा १२३ रन बनाए भने टेलरले ९१ बल खेल्दै १०० रन बनाए ।

ओपनिङदेखि नै नेपालका बलर दबाबमा परेका थिए । केही बेरमै नेपालले जवाफी ब्याटिङ थाल्दैछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार