अाफूमाथि निराधार अाराेप लगाइएकाे जाेशीकाे अाराेप

फरक धार

१९ साउन २०७५, शनिबार

काठमाडौं– कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्ना शैक्षिक प्रमाणपत्रको विवादबारे स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।

शैक्षिक प्रमाणपत्रबारे सत्यतथ्य जानकारी बाहिर नल्याइ विवादमा तानिएको भन्दै जोशीले विज्ञप्ति निकाल्दै आफ्ना शैक्षिक प्रमाणपत्र छानबिन गर्न माग गरेका हुन् ।

उनले विज्ञप्तिमा आफूमाथि अन्याय भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘आधिकारीक निकायको अध्ययन विना नै मेरा प्रमाणपत्रका विषयमा सम्मानीत संसदीय सुनुवाई विशेष समितिले धारणा बनाउँदा मलाई असाध्यै अन्याय भएको छ ।’

२०२९ सालमा आफूले परिक्षा दिएको र २०३० सालमा आफ्नो रिजल्ट आएको तथ्यको छानबिन नगरिएको जोशीले आरोप लगाएका छन् ।

आफूमाथि अनावश्यक आरोप लगाएर न्यायालयमाथि हस्तक्षेप गर्न खोजिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

२६ वर्षे कार्यकालमा यसअघि कहिल्यै शैक्षिक प्रमाणपत्रको विषयमा कुरा नउठेको र यसपटक उठाइनु आफूमाथि खुँडा चलाइनु भएको विज्ञप्तिमा उल्लेख छ ।

‘विना अध्ययन, अनुसन्धान निर्णय हुनै सक्दैन भन्ने मेरो धारणा थियो किनभने यस्तो विषय प्राकृतिक न्यायको सिद्धान्तका आधारमा कदापी सुहाउँदैन,’ जोशीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सत्य त्यति नै बलियो हुन्छ जति सूर्य र चन्द्रमाको अस्तित्व छ ।’

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार