अाजकाे माैसमः राती पश्चिमका केही क्षेत्रमा भारी वर्षा

फरक धार

२० साउन २०७५, आइतबार

काठमाडाैं- काठमाडौं उपत्यकासहित देशभर आईतबार वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो र राती देशभर सामान्य देखि पूर्ण बदली भएर धेरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

राती पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । काठमाडौंमा बिहान २०.२ डिग्री सेल्सियस मापन गरिएको तापक्रम दिउँसो बढेर २७ देखि २९ डिग्री सम्म पुग्नेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार