प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी आजदेखि विदामा

फरक धार

२० साउन २०७५, आइतबार

काठमाडौं– संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आईतबारदेखि विदामा बस्दैछन् । जोशीले आजदेखि आँफु विदामा बस्ने लागेको बारे शनिबार साँझनै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । उनले अाँफु १५ दिन विदामा बस्ने जानकारी गराएका छन् ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएसँगै जोशीले राजीनामा दिने अनुमान थियो, तर उनले विदाको विकल्प रोजेको सर्वोच्च स्रोतले बतायो । उनले राजीना दिन अस्वीकार गरेको स्रोतको दाबी छ । जोशी विदामा बसेसँगै अब सर्वोच्चका बरिष्ठत न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्नेछन् ।

शैक्षिक प्रमाण, मुद्दाको फैसला लगायत चारित्रिक कारण देखाउँदै शुक्रबार संसदीय सुनुवाई समितिको दुई तिहाइ बुहमतले जोशीलाई प्रधानन्यायाधिशमा अस्वीकृत गरेको थियो । तर शनिबार उनले एक विज्ञप्ति जारी सत्यता पुष्टी नगरी हल्लाका भरमा समितिले निर्णय गरेको भन्दै आफ्नो प्रमाणपत्र स्वतन्त्र छानबीन गर्न माग गरेका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार