युभेन्टसमाथि रियल मड्रिडको ३–१ को जित, खेलेनन् रोनाल्डो

फरक धार

२० साउन २०७५, आइतबार

काठमाडौं– क्रिस्टियानो रोनाल्डो आबद्ध इटालियन क्लब युभेन्टस स्पेनिस क्लब रियल मड्रिडसंग पराजित भएको छ । प्रि–सिजन अन्र्तगतको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा युभेन्टस रियल मड्रिडसंग ३–१ ले पराजित भएको हो ।

अमेरिकाको मेरिल्यान्डस्थित फेडेक्सफिल्ड ल्यानोभरमा गएराती भएको खेलमा युभेन्टसले खेलको १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो ।

रियलका डिफेन्डर ड्यानियल कार्भाजोलले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल हुन पुगेका थिए । रियलका मार्काे एसेन्सियोले दुई तथा ग्यारेथ बेलले एक गोल गर्दै रियललाई जीत दिलाए । तर रोनाल्डोले भने यो खेल खेलेनन् ।

यसअघि रियल आफ्नो पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको थियो । यस्तै बार्सीलोना इन्टर मिलानसंग १ –० ले पराजित भएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार