इन्डाेनेसियामा ७ रेक्टर स्केलकाे भूकम्प, २२ काे मृत्यु

फरक धार

२१ साउन २०७५, सोमबार

एजेन्सी- इन्डाेनेसियाकाे टापु लाेमबाेकमा शक्तिशाली भूकम्प जाँदा २२ जनाकाे मृत्यु भएकाे अधिकारीले जनाएका छन् । भूकम्प मापन केन्द्रका अनुसार अाइतबार त्यहाँ ७ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे । भूकम्पका कारण ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

याे साताकाे सुरुमा इन्डाेनेसियामा गएकाे शक्तिशाली भूकम्पका कारण १६ जनाकाे मृत्यु भएकाे थियाे ।

भूकम्पपछि साे क्षेत्रमा विद्युत् अापुर्ति बन्द भएकाे छ । भूकम्पकाे धक्का बालीमा पनि महसुस गरिएकाे त्यहाँका स्थानीयले बताएका छन् । शक्तिशाली भूकम्प गएकाले सरकारले सुनामीकाे चेतावनी दिएकाे थियाे । तर, घन्टाैंपछि याे चेतावनी हटाइएकाे छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार