सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

फरक धार

२१ साउन २०७५, सोमबार

काठमाडौं- काठमाडौंको महाराजगन्जस्थित अमेरिकी राजदूतावासअगाडि भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

गएराति १ः४५ बजे बाटोमा रोकिराखेको बा४ख ९८५४ नम्बरको टिपरलार्इ बा१९च ६५१५ नम्बरको भ्यानले ठक्कर दिँदा भ्यानमा सवार खोटाङका ३३ वर्षीय रामबहादुर थापा र सिन्धुपाल्चोकका ३० वर्षीय पशुपति सिलवालको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले भ्यानले टिपरलाई ठक्कर दिँदा भ्यानमा रहेका तीनजनामध्ये थापा र सिलवालको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जानकारी दिए ।

भ्यानका चालक सिन्धुपाल्चोकका २२ वर्षीय सुरेश पराजुली भने घाइते भएका छन् । उनको त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । दुवै सवारीसाधन र टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार