टेस्ट क्रिकेटमा नम्बर वान ब्याट्सम्यान विराट

फरक धार

२१ साउन २०७५, सोमबार

एजेन्सी- भारतीय क्रिकेट टिमका कप्तान विराट काेहली टेस्ट क्रिकेटमा विश्वका सर्वश्रेष्ठ ब्याट्सम्यान बनेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (अाइसिसी)ले अाइतबार ट्विट गरेकाे थियाे- पूर्व भारतीय कप्तान सचिन तेन्दुल्करपछि विराट काेहली पहिला यस्ता भारतीय ब्याट्सम्यान हुन् जसले टेस्ट क्रिकेटमा याे वरियता पाएका छन् ।

शनिबारमात्र भारतीय टिमले इंग्ल्यान्डसँग अाफ्नाे पहिलाे टेस्ट खेलमा पराजित भएकाे थियाे ।

तर, इंग्ल्यान्डकाे एजबेस्टन क्रिकेट मैदानमा खेलिएकाे याे खेलमा विराटले राम्राे प्रदर्शन गरेका थिए । भारतले चाहिँ याे टेस्ट ३१ रनले हारेकाे थियाे ।

याे खेलमा विराटले पहिलाे पारीमा १४९ रन र दाेस्राे पारीमा ५१ रन जाेडेका थिए ।

यही कारणले उनले अष्ट्रेलियन ब्याट्सम्यान स्टिव स्मिथकाे विश्वकाे नम्बर वान ब्याट्सम्यान हुने अवसर छिनिदिए ।

याे टेस्टपछि विराटकाे रेटिङ पाेइन्ट्स ९३४ पुगेका छ भने स्टिवकाे ९२९ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार