समृद्धिको पहिलाे गीत सार्वजनिक

फरक धार

२१ साउन २०७५, सोमबार

काठमाडाैं- ११ वर्षीया बालिका समृद्धि तिमल्सिनाको पहिलो गीत सार्वजनिक भएको छ । गीतकार रमेश अधिकारीले रचना गरेको यो ‘माथि माथि हिउँचुली’ बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा चक्रपाणि तिमल्सिनाको संगीत रहेको छ । सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत गीतको रिलिज भएको जानकारी गराउँदै संगीतकार तिमल्सिनाले समृद्धिको गायन प्रतिभाले उनलाई विश्वास नै गर्न नसकिने गरी आश्चर्यचकित तुल्याएको बताएका छन् । संगीतकार तिमल्सिनाले सबै श्रोता तथा दर्शकलाई यो गीत सुनिदिन र हेरिदिन अपिलसमेत गरेका छन् । समृद्धि संगीतकार चक्रपाणि तिमल्सिनाका छोरी हुन्।

समृद्धिकी आमा बबिता खनालले गीत रिलिज भएको केही घण्टापछि फेसबुकमार्फत भनेकी छिन्, ‘एउटा सानो बाल प्रतिभा भर्खर बामे सर्ने जमर्को गर्दै, सबैको सामु एउटा देशप्रेमले ओतप्रोत भएको गीत लिएर आउँदै छिन् । यो फुल्न लागेको कोपिलालाई फक्रनको लागि यहाँहरू सबैको आशीर्वाद र माया धेरै मिल्नेछ भन्ने अपेक्षा समेत गरेकी छु ।’
समृद्धिले सानै उमेरदेखि परिवारमा संगीतिक माहोल पाएर पनि आफूहरूले अपेक्षा गरेभन्दा उच्च कोटीको प्रतिभा देखाउन सफल भएको संगीतकार तिमल्सिना बताउँदछन्। समृद्धि चितवनको स्काई राइडर आवासीय उच्च माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्यनरत छिन्। उनी अध्ययनमा पनि उतिकै अब्बल रहेको खनाल बताउँछिन्।
 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार