पत्रिकामा तस्बिर छापिएपछि शाहरुखकी छोरी सुहाना विवादमा

फरक धार

२१ साउन २०७५, सोमबार

फेसन र लाइफस्टाइल म्यागेजिन ‘भाेग’को भारतीय संस्करणको कभर पेजमा शाहरुख खानकी छोरी सुहाना खानको तस्बिर छापिएको छ । सो तस्बिर छापिएपछि सामाजिक सञ्जालमा यसको व्यापक आलोचना भइरहेको छ ।

आलोचनाका क्रममा कतिपय मानिसले सुहाना खान यसको लायक नभएको बताएका छन् । उनीहरूको तर्क छ, उनले यहाँसम्म पुग्न केही काम गरेकी छैनन् ।

भाेग म्यागेजिनको कभर पेजमा अक्सर टप मोडल र अभिनेत्रीको तस्बिर छापिने गर्छ । म्यगेजिनसँगको कुराकानीमा सुहानाले आफूलाई थिएटरप्रेमी छात्रा र भविष्यकी स्टार बताएकी छिन् ।

फेसन सुटको डिजाइन ‘भाेग’ इन्डियाकी फेसन डाइरेक्टर अनाइता श्राफ अदजानियाले तयार गरेकी छिन् । जो शाहरुख खानकी पुरानो साथी हुन् । यो सुहानाको जीवनकै पहिलो फोटोसुट र इन्टरभ्यु हो ।

स्वीकार्य छैन

यो घटनामा गुनासो गर्नेहरूमा कामका लागि संघर्ष गरिरहेका अभिनेत्री पनि सामेल छन् । उनीहरूले आफ्नो अनुभव पनि सेयर गरेका छन् ।

श्रुति टन्डनले लेखेकी छिन्, ‘यो परिवारवाद हो । यतिका धेरै एक्टर छन्, तर सेलेब्रिटीका बच्चाहरू, जसको एउटा पनि फिल्म रिलिज भएकोे छैन, तर उनी भाेग इन्डियाकोे कभर पेजमा छिन् । यो स्वीकार्न योग्य छैन ।’

अभिनेत्री भूमिका छेड लेख्छिन्, ‘म संघर्ष गरिरहेकी एक अभिनेत्री हुँ र म तपाईंलाई भन्न चाहन्छु, सुहाना खान भाेग इन्डियाको कभर पेजमा छापिँदा म र मेरा साथीहरू रिसाएका छन् ।

सुहानाले यस इन्टरभ्युमा आफ्नोबारे आएका नकारात्मक टिप्पणीको जवाफ दिएकी छिन् । उनले भनिन्, ‘म आफैँलाई भन्छु कि घृणा गर्नेहरू घृणा नै गरिरहून्, तर म इमानदार भएर यो भन्छु कि यस कुराबाट मलाई केही असर पर्दैन ।

भाेग ब्युटी अवार्डमा शाहरुख खानले नै उक्त कभर लन्च गरेका थिए । लन्च गर्दै शाहरुखले भनेका थिए, ‘मेरो लागि समय राम्रो रह्यो, तर बच्चा सधैँ बच्चा नै हुन्छन् । बदलिँदो समयमा उनीहरूलाई थोरै सहुलियत दिन र आफ्नो मूल्य बुझाउन कैयौँपटक आफ्ना साथीहरूको सहयोग लिन आवश्यक हुन्छ । यसका लागि म भाेगलाई धन्यवाद दिन चाहन्छु । जसले मेरी छोरीलाई आफ्नो कभर पेजमा स्थान दियो ।’

‘म आशा गर्छु, सुहाना मेरी छोरी हुनाले उसले यो स्थान पाएकी हो भन्ने कसैलाई पनि लाग्ने छैन,’ उनले भने, म मेरी छोरीले आफ्नो लक्ष्य हासिल गर्न आफैँ काम गरेको देख्न चाहन्छु ।’ उनी थप्छन्, ‘मेरा केही साथीहरू छन्, जो मेरो बच्चालाई आफ्नै ठान्छन् ।’

सुहानाले भने आफू अभिनेत्री बन्नुपहिले पढाइ पूरा गर्न चाहेको बताएकी छिन् ।

सुहाना भविष्यकी स्टार

यस कभर पेजको आलोचनाका बाबजुद कतिपय मानिसले सुहानाको पक्ष पनि लिएका छन् । उक्त कभर पेजमा छापिएको फोटो खिच्ने फोटोग्राफरले सुहाना निकै अगाडि जाने बताएका छन् । ‘क्यामेरासामु उनी कति सहज छिन् भन्ने देखाएर उनले सबैलाई आश्चर्यमा पारेकी थिइन् । मैले सुहानाको जस्तो आत्मविश्वास निकै कममा देखेको छु,’ उनी भन्छन्, ‘मानिसले जे सोचून्, सुहानाको भविष्यकाे बाटो निकै उज्यालो हुनेवाला छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार