सेयर बजारमा सामान्य गिरावट

फरक धार

२१ साउन २०७५, सोमबार

काठमाडौं – सेयर बजारमा सोमबार पनि सामान्य कमी आएको छ ।

आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार १८९.६७ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.०६ बिन्दुले घटेर २५०.९१ बिन्दुमा झरेको छ ।

कुल १ सय ४८ कम्पनीको सात लाख ९६ हजार ७ सय ३४ कित्ता सेयर १९ करोड १७ लाख ४८ लाख १ सय २० रुपैयाँ मूल्यमा खरिद –बिक्री भएको छ । स्टकका अनुसार बैंकिङ १.२३, व्यापार २.११, जलविद्युत् ०.८५, वित्त १.१८ र माइक्रोफाइनान्स उपसमूहको सेयर ६.३६ बिन्दुले बढेको छ ।

यस्तै, होटेल ६.०३, विकास बेंक ४.९८, निर्जीवन बिमा ०.०९, उत्पादन ०.०७, अन्य ४.३७ र जीवन बिमा समूहको सेयर १६.७३ बिन्दुले घटेको छ । सपोर्ट माइक्रोफाइनान्स र प्रोग्रेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने मल्टीपर्पोज फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार