प्रतिनिधिसभाका सांसदले लिए सपथ, २ जना अनुपस्थित

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडाैं/ प्रतिनिधिसभाका निर्वाचित सांसदहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । संसद भवन नयाँ बानेश्वरमा निर्वाचित सांसदहरुले सपथ ग्रहण गरेका हुन् ।

निर्वाचन सम्पन्न भएको झण्डै तीन महिनापछि निर्वाचित सांसदहरुको सपथ ग्रहण भएको हो । सांसदहरुलाई राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले सपथ खुवाएका हुन् ।

कूल २७५ जना निर्वाचित सांसद रहेकोमा सपथ ग्रहण कार्यक्रममा २ जना सांसद भने अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ ।
राजपाका महेन्द्र राय यादव र रेशम चौधरी अनुपस्थित रहेको सचिवालयले जनाएको हो । चौधरी हत्या आरोपमा कारागारमा छन् भने यादव स्वास्थ्यका कारण आउन नसकेको बताएका छन् ।

सपथग्रहणमा एमालेका १२१, कांग्रेसका ६३ र माओवादी केन्द्रका ५३ जना सांसदले सपथ लिए । यस्तै संघीय समाजवादी फोरका १७ र राजपाका १४ जनाले सपथ ग्रहण गरेको सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिए । राजपाका १६ सांसद निर्वाचित भए पनि २ जना भने अनुपस्थित भएका हुन् ।

यस्तै नयाँ शक्ति पार्टीका डा.बाबुराम भट्टराई, राप्रपाका राजेन्द्र लिङ्देन, मजदुर किसान पार्टीका प्रेम सुवाल, दुर्गा पौडेल, र छक्कबहादुर लामाले समेत सपथग्रहण गरेको प्रवक्ता डा.गौतमले जानकारी दिए । थ्रेसहोल्डका कारण पाँचै जनाले स्वतन्त्र सांसदको रुपमा सपथ लिएको पनि गौतमले बताए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार