आजको मौसमः देशभर बदली, राती मध्य र पूर्वका केही स्थानमा भारी वर्षा

फरक धार

२२ साउन २०७५, मंगलवार

काठमाडौं- काठमाडौं उपत्यकासहित मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । देशभरनै हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

दिउँसो केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद मञ्जु बासीले फरकधारलाई जानकारी दिइन । उनका अनुसार राती मध्य र पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा दिउँसो १२ बजेपछि बदली भएर वर्षा हुने सम्भावना रहेको मौसमविद बासीले बताइन ।

काठमाडौंमा बिहान २०.२ डिग्री सेल्सियस मापन गरिएको तापक्रम दिउँसो बढेर २९ डिग्री सेल्सियससम्म पुग्नेछ । काठमाडौं उपत्यकामा बिहान ५ः३० बजे झुल्किएको घाम बेलुका ६ः४९ बजे मा अस्ताउनेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार