तापक्रम वृद्धि तत्काल रोक्न नसके पृथ्वी ‘हटहाउस’ बन्छः वैज्ञानिक

फरक धार

२२ साउन २०७५, मंगलवार

सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताअनुसार सम्पूर्ण राष्ट्रहरूले कार्बन उत्सर्जन नियन्त्रण गर्न सफल भए पनि केही दशकमा पृथ्वी हटहाउस बन्ने जोखिम वैज्ञानिकहरुले औंल्याएका छन् ।

तापक्रम वृद्धि तत्काल रोक्न नसके भविष्यमा घातक हुने सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमलार्इ जतिसक्दो छिटो नियन्त्रणमा लिन नसके मानव जीवन रक्षा गर्ने पृथ्वीमा रहेका प्राकृतिक शक्ति नै मानवका लागि गम्भीर खतरा बन्न सक्ने उनीहरूको भनाइ छ ।

तापक्रम वृद्धि यही अनुपातमा बढ्दै गए पृथ्वी चाँडै हट हाउस बन्न सक्ने वैज्ञानिकहरूकाे चेतावनी छ । शोधकर्ताहरुका अनुसार तापक्रम बढ्दै जाने र समुन्द्रको सतह पनि उच्च हुँदै जाने खतरा छ ।

सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताअनुसार सम्पूर्ण राष्ट्रहरूले कार्बन उत्सर्जन नियन्त्रण गर्न सफल भए पनि केही दशकमा पृथ्वी हटहाउस बन्ने जोखिम वैज्ञानिकहरुले औंल्याएका छन् । यदि विश्वको तापक्रम २ डिग्री सेन्टिग्रेड अनुपातले बढेमा पृथ्वी हटहाउस बन्ने खतरा रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाको नेसनल एकेडेमी साइन्सेजका लागि जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गरिरहेका अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले समूहले तयार पारेको अनुसन्धानात्मक जर्नलमा अहिले तोकिएभन्दा पनि तीव्र गतिमा कार्बन उत्सर्जन रोक्न नसके केही दशकभित्रै पृथ्वीको तापक्रम मानवसहितका प्राणीले थेग्न नसक्ने गरी बढ्ने उल्लेख छ ।

बढ्दो तापक्रमले अहिले हाम्रो सुरक्षा गरिरहेका केही प्राकृतिक शक्ति नै शत्रुमा बद्लिन सक्ने वैज्ञानिकहरूको चेतावनी छ ।

हरेक वर्ष पृथ्वीको जंगल, समुद्र तथा जमिनले ४.५ बिलियन टन कार्बन साेस्ने गरेकाले वायुमण्डलको तापक्रम झन् बढ्ने थियो । तर  प्राकृतिक स्रोतमा विलय भएको यो कार्बन पुनः कार्बन उत्सजर्नको स्रोत बन्ने र यसले जलवायु परिवर्तनलाई थप गम्भीर बनाउने खतरा वैज्ञानिकहरूले अाैंल्याएका छन् ।

अहिले पृथ्वीको तापक्रम वृद्धि झन्डै एक डिग्री रहेको छ र यो हरेक दशकमा ०.१७ डिग्रीका दरले बढ्दै गएको छ ।

 २०१५  काे पेरिस जलवायु सम्झौताअनुसार विश्व समुदाय तापक्रम वृद्धि दुई डिग्री सेन्टिग्रेडभन्दा कम गर्न प्रतिबद्ध  छन् । यसका लागि काबर्न उत्सर्जन कम गरेर तापक्रम वृद्धि १.५ डिग्रीमा सीमित गर्ने प्रयास भइरहेको छ । तर याे नै  काफी नहुने वैज्ञानिकहरूकाे चेतावनी छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार