सात जनाको हत्या गरेका प्रतिवादी हुसेन पक्राउ

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडौं सप्तरीमा सात जनाको हत्या गरेर फरार भएको आरोप लागेका मोहम्मद सकिल हुसेन कतारबाट पक्राउ परेका छन् । हुसेनलाई इन्टरपोल नेपालको समन्वयमा कतारबाट पक्राउ गरीएको प्रहरीले बताएको छ । इन्टरपोल कतारबाट प्रहरी अधिकृतहरुले हुसेनलाई आइतबार नेपाल ल्याएका हुन् ।

हुसेन विरुद्ध प्रहरीले सप्तरी जिल्ला अदालतमा सर्वस्व सहित जन्मकैद सजायको माग दावी सहित मुद्दा दायर गरेको छ । प्रतिवादी हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल सचिवालयबाट सन् २०१५ जुन २२ मा रेडकर्नर नोटिस जारी भएको थियो । हुसेनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

उनविरुद्ध ईद्रीस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिँया, सगिरा खातुन, दुलारीदेवी साह र निर्मलादेवी साह समेत ७ जनाको हत्या गरी फरार रहेको अभियोग लागेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार