सलमानको ‘सुल्तान’ चीनको ११ हजार स्क्रिनमा रिलिज हुँदै

फरक धार

२२ साउन २०७५, मंगलवार

एजेन्सी- चिनिायाँ बजारले सलमान खान र अनुष्का शर्माद्वारा अभिनीत चलचित्र ‘सुल्तान’लाई ११ हजार स्क्रिन दिएको छ । दुई वर्षपहिले भारतमा सुल्तान चार हजारभन्दा धेरै स्क्रिनमा रिलिज भएको थियो । चीनका एघार हजार स्क्रिनमा रिलिज हुने कुरा स्वयम् यसराजका इन्टरनेसनल अपरेसनका भाइस प्रेसिडेन्ट अवतार पनेसरले बताएका हुन् । फिल्म चिनियाँ सबटाइटलका साथ रिलिज हुनेछ ।

अवतार भन्छन्– ‘भारतीय सिनेमाका लागि चीन विनाकुनै शंका एक नयाँ बजार बनेको छ । भारतीय फिल्म त्यहाँ हिट पनि भइरहेका छन् । यसकारण हाम्रो फिल्मको बजार अहिले चीनसम्म पुगिसकेकोे छ । हाम्रा लागि यो निकै राम्रो कुरा हो । त्यहाँका मानिसले हाम्रो फिल्मलाई असाध्यै धेरै माया दिएका छन् । ह्युमन र इमोसनल स्टोरी हाम्रो फिल्मको तागत हो । यो संसारको हरेक कुनामा एकै किसिमको हुन्छ । यस फिल्मको माध्यमबाट हामी दुई देशबीचमा आर्टको सम्बन्ध यसैगरी बलियो र गहिरो हुँदै जानेछ ।’

निर्देशक अली अब्बास जफर पनि चीनमा फिल्म रिलिज हुने खबर सुनेर निकै उत्साहित छन् । जफर भन्छन्, ‘जब तपाईंको कुनै पनि फिल्म नयाँ ठाउँमा रिलिज हुन्छ, तब तपाईं एक नयाँ प्रस्पेक्टिभ पाउन सक्नुहुन्छ । चीन भारतीय फिल्मका लागि उर्वरभूमि हो । अगस्ट अन्तिमबाट सुल्तानलाई उनीहरूको रेस्पोन्स आउनेछ । यसका लागि म निकै उत्साहित छु ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार