राष्ट्रियसभाका ५६ सांसदले लिए सपथ, ३ जनाकाे अझै अन्याेल

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडाैं/ राष्ट्रियसभामा निर्वाचित ५६ सांसदले अाज पद तथा गाेपनियताकाे सपथ लिएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले निर्वाचित सांसदहरूलार्इ सपथ ग्रहण गराएकी हुन् ।

त्यस अघि संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसदहरुलाई स्वागत गर्नुभएको थियो ।

राष्ट्रिय सभामा ५९ जना सांसदहरु रहेका छन । तर सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नु भएका राष्ट्रिय सभामा मनोनित ३ जना सांसदहरुलाई तत्काल पद तथा गोपनियताको सपथ नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारेपछि आईतबार ५६ जना सांसदहरुले मात्रै पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सपथग्रहण समारोह सकिएलगत्तै संघीय संसद सचिवालयले सांसदहरुको सम्मानमा जलपान कार्यक्रम समेत आयोजना गरेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार