नेपाली यू–१९ टोलीले भारतसँग एकदिवसीय सिरिज खेल्ने

फरक धार

२२ साउन २०७५, मंगलवार

काठमाडौँ- नेपाली यू–१९ टोलीले भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो । भदौ २४ देखि हुने प्रतियोतिामा भारतकै यू-१९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी हुनेछ ।

यसबारे छलफल सुरु भएकाे राष्ट्रिय क्रिकेट टाेलीका व्यवस्थापक रमन सिवाकाेटीले बताएका छन् । ‘निमन्त्रणा आएको छ, हामी छलफल गर्दैछाैँ, यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँग पनि स्वीकृत लिनुपर्ने हुन्छ,’ उनले राससलाई बताएका छन् ।

उता बिसिसिआईले भने खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार भदौ २७ गते इडेन गार्डेन्स कोलकातामा भारतविरुद्ध अफगानिस्तानले खेल्नेछ । सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध नेपालले खेल्नेछ ।

त्यसैगरी भदौ २९ गते इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल, सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध अफगानिस्तान, भदौ ३१ गते इडेन गार्डेन्समा भारतविरुद्ध एनसिए, सोही दिन जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपालले प्रतिस्पर्धा गर्नेछन् । असोज २ गते इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टोलीबीच फाइनल र सोही दिन जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टोलीबीच प्ले अफ खेल हुनेछ ।

 

नेपालका चार खेलाडी आइसिसीको वरियतामा 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टी–२० बरियताको उत्कृष्ट एकसय खेलाडीभित्र नेपालका चार खेलाडी परेका छन् ।

आइसिसीले मंगलबार सार्वजनिक गरेको टी–२० वरीयतामा नेपालका दुई ब्याटसम्यान र दुई बलर परेका छन् । ब्याट्सम्यानको वरियतामा २६५ रेटिङ अंकका साथ कप्तान पारस खड्का ९० औँ र २३८ रेटिङ अंकका साथ शरद भेषवाकर ९८औँ स्थानमा परेका छन् । वरीयताको शीर्ष स्थानमा आरोन फिञ्च छन् भने दोस्रो स्थानमा पाकिस्तानको फखर जमान र तेस्रो स्थानमा भारतका लोकेश राहुल छन् ।

नेपालका बलरद्वय वसन्त रेग्मी र सोमपाल कामी क्रमशः ३९७ अंकसहित ७१औँ ३३८ अंकसहित सो ९२औँ स्थानमा छन् । नेपालले गत साता नेदरल्याण्डस्सँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेपछि नेपाली खेलाडीको वरीयता तोकिएको हो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार