लन्च भयो एन्ड्रोइड नाइन पिई, यस्ता छन् विशेषता

फरक धार

२३ साउन २०७५, बुधबार

एजेन्सी– एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टम Android 9 Pie लन्च भएको छ । गुगलले एन्ड्रोइड ओरियो ८.० पछि Android 9 Pie ल्याएको हो । गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाईले Google I/O 2018 मा यसको नाम Android P राखेका थिए । तर त्यसलाई परिवर्तन गरी अपरेटिङ सिस्टमको नाम Android 9 Pie राखिएको हो ।

एन्ड्रोइडको यो लेटेस्ट भर्सनमा थुप्रै आर्टिफिसियल इन्टेलिजेन्स फिचर्स दिईएको छ । नयाँ अपरेटिङ सिस्टम बुधबार वा बिहीबार रोल आउट हुनेछ । एन्ड्रोइडको यो लेटेस्ट भर्सनको बेटा भर्सन एन्ड्रोइड वान डिभाइसमा पहिले नै रोलआउट गरिएको थियो । सोमबार गुगल पिक्जलमा पनि यो भर्सन दिइएको छ । विस्तारै अन्य डिभाइसका लागि पनि यो अपरेटिङ सिस्टम दिने तयारी छ ।

Android 9 Pie का केही विशेषता

प्रदर्शन (जेस्चर)

सबभन्दा पहिले यस अपरेटिङ सिस्टमको लुक र प्रदर्शनको कुरा गरौं । यसको जेस्चरको कुरा गर्दा पहिलोपटक एन्ड्रोइडको होम बटन रिप्लेस गरेर सानो ह्याण्डल राखिएको छ । साथै एप स्विचर आइफोन एक्सजस्तो होरिजोनटली स्क्रोल हुनेछ । यसर्थ, यो नयाँ फिचरले एन्ड्रोइड युजरहरू आकर्षित हुनेछन् । गुगलको मुख्य उद्देश्य स्मार्टफोन म्यानेजमेन्ट धेरै सुविधाजनक बनाउनेतर्फ छ ।

एडेप्टिभ ब्याटरी र एडेप्टिभ ब्राइटेनस फिचर

एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टममा गुगलले एडेप्टिभ ब्याटरी र एडेप्टिभ ब्राइटनेश फीचर दिएको छ । एडेप्टिभ ब्याटरी फीचर्सको माध्यमबाट स्मार्टफोनको ब्याटरी लाइफ उत्कृष्ठ बनाउन जोड दिईएको छ । नयाँ अपरेटिङ सिस्टम स्मार्टफोनको ब्याटरी लाइफका साथै सीपीयू पर्फोमेन्समा सुधार्नेछ ।

एपका लागि टाइम लिमिट गर्न सकिने

गुगलले नयाँ एन्ड्रोइडमा एप प्रयोगको टाइम लिमिट सेट गर्न मिल्ने फीचर ल्याएको छ । यदी प्रयोगकर्ताले कुनै एपमा धेरै समय बिताए भने अपरेटिङ सिस्टमले प्रयोगकर्तालाई तपाई्रले यो एप्समा यति समय बिताउनुभयो । भनेर सुचित गर्नेछ । जसले प्रयोगकर्तालाई समय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ ।

‘डु नट डिस्टर्भ’ मोड

डु नट डिस्टब मोड एन्ड्रोइड ओरियो ८.० मा पनि छ । तर नयाँ एन्ड्रोइडमा यसलाई अझ परिस्कृत गरिएको छ । यो मोडमा तपाईंले सेलेक्ट गरेका कन्ट्याक्ट बाहेक अरुले फोन÷म्यासेज गर्दा नोटिफिकेशन समेत आउँदैन । यस्तो फीचरले व्यस्त रहने, धेरै मिटिङ अटेण्ड गर्ने र कामकाजी प्रयोगकर्तालाई सहयोग पुर्याउनेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार