नारायणकाजीको राजीनामाबारे नेकपाले आज निर्णय गर्ने

फरक धार

२४ साउन २०७५, बिहीबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठको बिषयमा आज छलफल गरेर आवश्यक निर्णय लिने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा श्रेष्ठको राजीनामा र जनवर्गीय संगठन एकताबारे छलफल हुने नेकपाले जनाएको छ ।

हिजो बसेको बैठकमा राजीनामाको बिषयले प्रवेश पाएको र यसवारे आज पार्टीले आवश्यक निर्णय लिनसक्ने श्रेष्ठले बताए । श्रेष्ठले गत साउन ७ गते प्रवक्ता पदमा आफू नरहने भन्दै राजीनामा दिएपनि स्वीकृत भएको छैन ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार