उद्योग परिसरमा बम विस्फोटन

फरक धार

२४ साउन २०७५, बिहीबार

धनगढी – कैलालीको लम्कीचुहानगरपालिका–१ स्थित देउती गुट्खा उद्योग परिसरमा बिहीबार बिहान अज्ञात समूहले बम विस्फोटन गराएको छ ।

विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए । स्थानीयवासी यज्ञबहादुर ओलीको उक्त उद्योगमा सकेट बम विस्फोट गराइएको जनाइएको छ ।

यसअघि यही साउन २ गते उक्त उद्योगनजिक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो । टीकापुर जाने सडकको भित्रपट्टिको सडकछेउमा रहेको उद्योग परिसरमा बम फेला परेपछि स्थानीयवासी त्रसित छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार