सेयर बजार ओरालो

फरक धार

२४ साउन २०७५, बिहीबार

काठमाडौं – सेयर बजार आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १ सय ८० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.३७ बिन्दुले घटेर २४९.१३ बिन्दुमा पुगेको छ ।

आइतबारदेखि सामान्य अंकमा घट्दै आएको बजार बिहीबार भने करिब सात अंकले ओरालो लागेको हो । स्टकका अनुसार बिहीबार कुल १ सय ६३ कम्पनीको आठ लाख ६९ हजार ३ सय ७ कित्ता सेयर १९ करोड ६९ लाख ४५ हजार २ सय ७३ मूल्यमा खरिद–बिक्री भएको छ ।

व्यापार उपसमूहको मात्रै आज सेयर बढेको छ । सो उपसमूहको सेयर २.११ बिन्दुले बढेको छ । अन्य उपसमूहको सेयर भने घटेका छन् । बैंकिङ ३.३७, होटल ३१.५२, विकास बैंक १.३१, जलविद्युत् १६.८८, वित्त ०.७, निर्जीवन बिमा ७०.०७, अन्य ०.४२, माइक्रोफाइनान्स १६.४७ र जीवन बिमा समूहको १०२.८३ बिन्दुले घटेको छ ।

आरम्भ माइक्रो फाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेसनका सेयरधनीले कमाएका छन् भने मल्टीपर्पस फिनान्स कम्पनी र सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार