मौलिक हक कार्यान्वयनका लागि आज दुई वटा बिधेयक संसदमा दर्ता हुँदै

फरक धार

२५ साउन २०७५, शुक्रबार

काठमाडौं– सरकारले मौलिक हक कार्यान्वयनका लागि विद्येयकहरु बनाएर संसद सचिवालयमा दर्ता गरिरहेको छ । आज दुइ वटा नयाँ कानुन दर्ता गराउने तयारी छ । आज अपराध पीडित अधिकारसम्वन्धी विद्येयक र स्वाथ्य सेवा सम्वन्धी विद्येयक दर्ता गर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिए ।

नेपालको संविधानको धारा २१ मा अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुने व्यव्स्था छ । साथै अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनःस्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुने व्यवस्था गरिएको छ ।

संबिधानको मौलिक हकमा रहेको यो व्यवस्था कार्यान्वयनका लागि बिधेयक बनाएर संसद सचिवालयमा दर्ता गर्न लागिएको प्रवक्ता ढकालले जानकारी दिए । यस्तै संविधानको धारा ३५ मा व्यवस्था गरिएको स्वाथ्य सेवा सम्वन्धी हकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था छ ।

प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी लिन पाउने, स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र स्वच्छ खानेपानी तथा सरसफाइमा पनि पहुँचको हक हुने संविधानमा व्यवस्था गरिएको छ । यही व्यवस्था कार्यान्वयनका लागि सरकारले आज संसद सचिवालयमा बिधेयक दर्ता गर्न लागेको हो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार