बंगलादेशले नेपालबाट विद्युत् खरिद गर्ने, समझदारी पत्रमा आज हस्ताक्षर हुँदै

फरक धार

२५ साउन २०७५, शुक्रबार

काठमाडौं– नेपाल र बंगलादेशबीच उर्जा सहकार्यसम्वन्धी समझदारी पत्रमा आज हस्ताक्षर हुने भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दिउँसो १ बजे दुई देशबीचको सहकार्यसम्वन्धी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

समझदारीमा बंगलादेशले नेपालबाट विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत्को क्षेत्रमा बंगलादेशको लगानी बढाउने, दुइ देशबीचको उर्जा क्षेत्रको सहकार्यका लागि सचिव र सह–सचिवस्तरीय संयन्त्र बनाउने जस्ता बिषय समावेश भएको प्रवक्ता घिमिरेले बताए ।

नेपालमा अवको केहि बर्षभित्र उत्पादित जलविद्युत् बढि हुने अनुमान गरिएकोले बंगलादेशलाई विद्युत् वेच्ने सहमति गर्न खोजिएको उनको भनाई छ ।

दुइ देशबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिद नेतृत्वको चार सदस्यीय टोली हिजो नै काठमाडौ आइसकेको छ ।

नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेशले लामो समयदेखि नै संयुक्त लगानी गर्न चासो व्यक्त गरिरहेको बेला दुई देशका उच्च अधिकारीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार