सामुदायिक वन दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

फरक धार

२५ साउन २०७५, शुक्रबार

काठमाडौं– आज सामुदायिक वन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक वन उपभोक्ता समूहहरु र वन तथा भू–संरक्षण विभागले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो । वन तथा भू–संरक्षण विभागले आज सामुदायिक वनका अभियन्ता र विभिन्न ५ विधामा पुरस्कार वितरण तथा सम्मान गर्ने कार्यक्रम राखेको छ ।

नेपालमा हाल २२ हजार २ सय ६६ वटा सामुदायिक वन रहेका छन् । १८ लाख १३ हजार ४ सय ७८ हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको छ ।

नेपालमा सामुदयिक वन सिन्धुपाल्चोक जिल्लाको तत्कालीन ठोकर्पा पञ्चायत हाल सुनकोशी गाँउपालिका १, २ र ३ मा वन संरक्षण, सम्वर्धन र विकाससहित व्यवस्थापनको लागि वि.सं. २०३० मा स्थानीय पंचायतलाई २ वर्ष परीक्षणको रूपमा र त्यहीँबाट स्थानीय समुदायको सहभागितामा वन संरक्षण तथा व्यवस्थापन सुरु भएको थियो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार