सिपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, चार ओभर बलिङ गर्दै लिए २ विकेट

फरक धार

२५ साउन २०७५, शुक्रबार

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमयर लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन् । क्रिस गेलको कप्तानीमा रहेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेलेका लामिछानेले गुयाना अमेजन वारियर्सविरुद्ध चार ओभर बलिङ गर्दै जम्मा १२ रन दिएर २ विकेट लिए ।

आज विहान भएको खेलमा आफ्नो पहिलो बलमै सिएके वाल्टनलाई पेभेलियन फर्काएका सन्दिपले १० औ ओभरमा जेएन मोहम्मदलाई आउट गरेका थिए । नेपालको एकदिवसीय डेब्यु म्याचमा नेदरल्याण्ड्सविरुद्ध खेलेका सन्दिप उतैबाट क्यारेबियन लिग खेल्न वेष्टइण्डिज गएका हुन् ।

सन्दिप क्यारेबियन लिग खेल्ने पहिलो नेपाली क्रिकेटर हुन् । सन्दिपले सानदार प्रदर्शन गरेपनि उनको टिम भने ६ विकेटले पराजित भएको छ ।

टस हारेर पहिला ब्याटिङमा तानिएको सन्दिपको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको अमेजन वारियर्सले २१ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य पार गरेको हो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार