नेकपाको १३५ सदस्यीय कमिटी

फरक धार

२५ साउन २०७५, शुक्रबार

पर्वत- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्वतको १३५ सदस्यीय कमिटीको टुंगो लागेको  छ ।

पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा (एमाले)बाट ७२, नेकपा (माओवादी केन्द्र)बाट ५८ तथा मनोनीत पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो ।

पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिए ।

‘पाँच सदस्यको सहमतिका आधारमा टुंगो लगाइनेछ,’ उनले भने । कमिटीका एक सय ३० जनाको नामावली आज सार्वजनिक गरिनेछ भने सहमतिका आधारमा पदाधिकारी टुंगो लगाइने बताइएको छ । सहमतिमा अध्यक्ष र सचिव टुंगो लगाउने प्रयास भइरहेको कार्यदलका संयोजक एवं नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले बताए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार