थरीथरी पहिरनमा देखिए सांसद (फोटो फिचर)

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडौं/ प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथका लागि संसद भवन नयाँ बानेश्वरमा आइतबार विभिन्न वेशभूषामा सजिएर सांसदहरु उपस्थित भए । सपथका लागि आफ्नो सांस्कृतिक पोसाक लागाउन पाइने संसद सचिवालयले जानकारी गराएको थियो । त्यस्तै सांसदहरुले आफ्नो मातृभाषामा समेत सपथ लिन पाउने व्यवस्था गरिएको थियो । सोही अनुसार विभिन्न भाषामा संसदमा सपथ लिएको अवाज गुञ्जिएको थियो ।

सपथका लागि पुगेकी पूर्व सभामुख ओनसारी घर्तीले मगर पोशाक लगाएकी थिइन् । यस्तै गरी उद्योगो वाणिज्य तथा आपूर्तीमन्त्री मात्रिका यादलले पनि आफ्नै परम्परागत पहिरन लगाएका थिए ।

संघीय समाजवादी फोरमको तर्फबाट सांसद बनेका राजेन्द्र श्रेष्ठ र फोरमबाटै सांसद बनेका प्रदीप यादवको जोडी फोटोसेसनमै व्यस्त थिए । उनीहरु दुवैले आफ्नो पहिचान झल्किने पोशाक लगाएका थिए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार