क्यान्सर उपचारबाट ब्रेक लिएर ‘बुक स्टोर’ पुगिन् सोनाली बेन्द्रे

फरक धार

२५ साउन २०७५, शुक्रबार

बलिउड अभिनेत्री सोनाली बेन्द्रे न्युयोर्कमा हाई ग्रेड क्यान्सरको उपचार गराइरहेकी छिन् । पछिल्लो समय उनको एक तस्बिरले सबैलाई अचम्म बनाएको छ । तस्बिरमा उनको कपाल छैन । तस्बिरमा उनीसँग सुजैन खान र अभिनेत्री गायत्री पनि सँगै छन् ।

बिहीबार मात्रै सो तस्बिर इन्स्टाग्राममा सेयर भएकोे थियो । तस्बिरमा उनीहरू न्युयोर्कको कुनै ‘बुक स्टोर’मा थिए । उनीहरूको हातमा किताब थियो । टाउकोमा कपाल नहुनाले सोनालीले टोपी लगाएकी थिइन् । तस्बिरसँगै उनले लेखेकी छिन्– ‘ह्याप्पी बुक लवर्स डे ।’ बिहीबार अर्थात् ९ अगस्टमा बुक लवर्स डे थियो ।

सोनालीको तस्बिर हेर्दा उनमा क्यान्सर ट्रिटमेन्टको असर राम्रैसँग देख्न सकिन्छ । उनी हाई ग्रेड क्यान्सरको सामना गरिरहेकी छिन् । उनको यो सकारात्मकता अनेकौं क्यान्सर पीडितका लागि प्रेरण बनेको छ । उनले आफूलाई क्यान्सर भएको कुरा ४ जुलाईमा इन्स्टाग्राममार्फत खुलाएकी थिइन् ।

सोनालीको जानकारीले बलिउड सेलेब्रिटी र उनका फ्यानलाई निराश बनाएको थियो । शुभचिन्तकहरू उनलाई स्वास्थ्यलाभको कामना पनि गरिरहेका छन् । कतिपय सेलेब्रिटीले न्युयोर्क नै गएर सोनालीलाई स्वास्थ्यलाभको कामना गरेका थिए । पछिल्ला दिनमा सोनालीले सर्ट हेयरमा पनि तस्बिर सार्वजनिक गरेकी थिइन्, जसलाई उनले ट्रिटमेन्टको पार्ट भनेकी थिइन् ।

न्युयोर्कमा सोनालीलाई साथ दिन उनका पति र छोरा रणवीर हर समय उनीसँगै रहने गरेका छन् । आमाको रोगका बारेमा जानकार छोरा रणवीर निकै बदलिएका छन् ।

आफ्नो रागको बारेमा सोनाली आफैंले छोरालाई बताएकी थिइन् । उनले छोराको नाममा लेखेकी छिन्, ‘हाम्रा लागि हाम्रो छोरालाई यो कुरा बताउन निकै जरुरी थियो । हामीले सधैं नै उसलाई सबै सच्चाइ बताएका छौं । यसपटक पनि हामीलाई यो ठीक लाग्यो । मेरो छोराले मेरो क्यान्सरको खबर निकै सवधानीपूर्वक लिएको छ । उसले मलाई मुस्किल समयमा लड्ने हौसला दिएको छ । कुनै बेला ऊ आफैं मेरो कर्तव्य निभाउँछ जस्तो कि मेरा अभिभावकले गर्छन् ।’

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार