काभ्रेमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा सुरु

फरक धार

२५ साउन २०७५, शुक्रबार

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको साँगामा ग्रामीण क्षेत्रका बासिन्दालाई बंैकिङ पहँुच विस्तार गर्ने उद्देश्यले शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

शाखारहित बैंकिङ सेवाको एक कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका सहायक महाप्रबन्धक मनोज खड्का र प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले संयुक्त रूपमा दीप प्रज्जवलन गरी औपचारिक उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक मनोज खड्काले मेगा बैंकको ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारालाई चरितार्थ गरी ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ सेवा प्रदान गर्नका लागि शाखारहित बैंकिङ सेवा सुरु गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले मेगा बैंकको शाखारहित बैंंकिङ सेवालाई काभ्रे जिल्लामा स्वागत गर्दै बैंकले अझ विकट क्षेत्रमा गई बैंकिङ सेवा दिन सुझाव दिए ।

ग्रामीण क्षेत्रका वासिन्दालाई कमाएको पैसा बचत गर्न सिकाउनुपर्ने, समाज सुधारका लागि बैंकले पहल गर्नुपर्ने विचार व्यक्त गरे । समाजको सुधार भए मात्र बैंकको पनि कार्यक्रममा सुधार आउने कुरामा उनले जोड दिए ।

बनेपा नगरपालिका वडा नं. १३ र १४ का अध्यक्षद्वय श्री सूर्यनारायण नापित र गौरी राउत, नेपाल प्रहरी विद्यालयका समादेशक श्यामकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा माइक्रो बैंकिङ विभाग प्रमुख प्रकाश पोखरेलले उपस्थित सहभागीलाई स्वागत गरे । स्वागत मन्तव्यको क्रममा पोखरेलले मेगा बैंकको स्थापना, बैंकिङ इतिहास र वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । त्यसैगरी, शाखारहित बैंकिङ सेवा सञ्चालन गर्नुको उद्देश्य, यसले दिने सेवा सुविधाका बारेमा जानकारी गराए ।

कार्यक्रमको अवसरमा मेगा बैंक निजी बैंकमध्ये पुँजीको हिसाबले दोस्रो ठूलो बैंक भएको र बैंकको शाखा सञ्जाल हाल १०१ वटा तथा देशभर ११९ वटा शाखाबाट शाखारहित बैंकिङ सेवा सुविधा दिइरहेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार