गर्भाशय प्रत्यारोपण कति सफल ?

फरक धार

२५ साउन २०७५, शुक्रबार

म २८ वर्षकी भएँ । मैले अहिलेसम्म तीनपटक गर्भपतन गराइसकेकी छु । एक मृत बच्चा पनि जन्मियो । डाक्टरले बताएअनुसार अब मेरो कोखमा आफ्नो बच्चा हुन सम्भव छैन । तर मलाई मेरै बच्चा चहिन्छ । सरोगेसी र एडब्ट गरेर बच्चा लिन चाहन्नँ । बच्चाका लागि के गरौँ भन्ने चिन्ता लागिरहेको छ ।

भारत गुजरात बस्ने मीनाक्षी बलान्ड जब पहिलोपटक डाक्टरको सल्लाह लिन पुगिन्, त्यतिखेर उनी निकै निराश थिइन् । त्यसको केही समयपछि उनी अर्का डा. शैलेश पुन्टबेकरसँग सल्लाह माग्न गइन् । डा. शैलेश गर्भाशय प्रत्यारोपणका बारेमा निकै प्रख्यात छन् ।

मीनाक्षीको गर्भमा बच्चा बस्नका लागि उपयुक्त वातावरण थिएन । उनलाई ‘अशर्मान सिन्ड्रोम’ नामक रोग थियो । यसले गर्दा उनको महिनावारी गढबढ हुने गथ्र्यो । यो रोगका कारण महिलाको गर्भाशयले वर्षौंसम्म काम नगर्न पनि सक्छ । अक्सर पटकपटक गर्भ तुहिनु र गर्भपतन गराउनाले यो समस्या आउन सक्छ । यसका अलावा पहिलोपटक सुत्केरी भइसकेपछि गर्भाशयमा घाउ भएमा पनि यस्तो समस्या आउन सक्छ ।

अन्तराष्ट्रिय जनरल अफ एप्लाइड रिसर्चमा प्रकाशित एक रिपोर्टअनुसार संसारमा १५ प्रतिशत महिला विभिन्न कारण आमा बन्न सक्दैनन् । जसमा ३ देखि ५ प्रतिशत महिलामा गर्भाशयको कामजोरीकै कारण आमा बन्न सक्दैनन् ।

मीनाक्षी अहिले जुन अस्पतालमा छिन्, त्यहाँका नर्स र डाक्टरलाई उनी दिनमा दुईपटक यसबारे बताउने गर्छिन् । वास्तवमा पछिल्लो पाँच महिनादेखि उनी अस्पतालमा छिन् । उनी २१ हप्ताको गर्भवती हुन् । २०१७ को मेमा उनमा गर्भाशय प्रत्यारोपण गरिएको थियो । उनकी आमाले उनलाई गर्भाशय दिएकी हुन् । उनी एसियामा नै पहिलो पहिला हुन् जो गर्भाशय प्रत्यारोपणपछि आमा बन्न गइरहेकी छिन् ।

गर्भाशय प्रत्यारोपणको आँकडाले के बताउँछ ?

संसारमा गर्भाशय प्रत्यारोपण नगन्य मात्रामा हुने गरेको छ । डा. शैलेशका अनुसार अहिलेसम्म जम्मा २६ जना महिलाले गर्भाशय प्रत्यारोगण गरेका छन् जसमध्ये केवल १४ जनाले मात्रै सफलता पाएका छन् ।

डा. शैलेशका अनुसार गर्भाशय प्रत्यारोपणको पहिलो शर्तमा डोनर उसको आमा बहिनी वा सानिमा मात्रै हुन सक्छन् । र डोनको उमेर ४० देखि ६० वर्षको बीचमा हुनु जरुरी छ । विज्ञानको यो प्रयोगमा पर्याप्त सफलता नमिलेका कारण यसबारे खास कानुन पनि बनेको छैन ।

डा. शैलेशका अनुसार ल्याप्रोस्कोपीबाट दाता महिलाको गर्भाशय निकालिन्छ । गर्भाशय प्रत्यारोपण जीवित प्रयोग हो । यसमा जिउँदो महिलाको नै गर्भाशय लिन सकिन्छ । दशदेखि बाह्र घण्टामा प्रत्यारोपणको काम सकिन्छ ।

उच्च खतरायुक्त गर्भधारण

डा. शैलेशका अनुसार एकपटक गर्भाशय प्रत्यारोपण भएको करिब एक वर्षपछि मात्र महिलाको गर्भमा बच्चा राख्न उपयुक्त हुन्छ । त्यो पनि सामान्य प्रक्रियाबाट होइन । गर्भाशय प्रत्यारोपणपछि यदि महिलालाई बच्चा चाहिन्छ भने भ्रुणलाई ल्यावबाट बनाइन्छ । त्यसपछि मात्र महिलाको पाठेघरमा राखिन्छ ।

भ्रुण बन्नका लागि महिलाको अण्ड र पुरुषको शुक्रकीट मिल्नु जरुरी हुन्छ । मीनाक्षीको सवालमा पनि यसै गरिएको थियो । गएको अप्रिलमा ल्याबमा तयार गरिएको भ्रुणलाई डा. शैलेश र उनको टिमले मीनाक्षीको गर्भाशयमा स्थापित गरे ।

मीनाक्ष गत पाँच महिनादेखि डाक्टरको निगरानीमा छिन् । डाक्टर भन्छन्, ‘यस्तो प्रिग्नेन्सीको दौरान डायबिटिजको खतरा बढेर जान्छ । जसलाई व्यवस्थापन गर्न जरुरी हुन्छ । र ब्लड प्रेसरको समस्या पनि बढ्ने र घट्ने भइरहन्छ ।

गर्भाशय प्रत्यारोपणपछि हुने गर्भधारण यसकारण पनि खतरनाक हुन्छ कि डोनरकोे गर्भाशयलाई गर्भधारण हुने बानी हटिसकेको हुन्छ । शैलेशका अनुसार मीनाक्षीको डेलिभरी हुँदा योजनाअनुसार नै शल्यक्रिया हुनेछ ।

गर्भाशय प्रत्यारोपणका क्रममा गर्भाशय मात्र प्रत्यारोपण हुन्छ । नसाहरूको प्रत्यारोपण हुँदैन । त्यसैले यस्तो किसिमको गर्भधारणमा लेबर पेन हुँदैन ।

यसरी जन्मिएको बच्चालाई कति खतरा ?

डा. शैलेस भन्छन्, ‘भारतमा यो पहिलो घटना हो । यसैले हामीसँग अनुभव छैन । विश्वमा पनि यस्तो आठवटा मात्रै सफल प्रयोग भएको छ । जहाँ बच्चालाई खास समस्या आएको थिएन । तर आमालाई सुत्केरी भएपछि पुरानो अवस्थामा आउन १२ देखि १५ हप्तासम्मको समय लाग्ने हुन्छ ।

अन्तर्राष्ट्रिय जनरल अफ अप्लाइड रिसर्चका अनुसार गर्भाशय प्रत्यारोपणमा सातदेखि दस लाख रुपैयाँ खर्च हुन्छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार