साहित्यकार एवं रेडियाेकर्मी दाहाल यज्ञनिधिको निधन

फरक धार

२६ साउन २०७५, शनिबार

काठमाडौं- साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ । लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए ।

मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए । दुई दशकअघि उनको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलासिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो ।

मस्तिष्कघातका कारण उनी मण्डिखाटारस्थित निवासमा लडेका थिए । चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि शुक्रबार उनलाई थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो ।

खोटाङमा जन्मिएका यज्ञनिधिले रेडियो नेपालमा लामो समय ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गरेका थिए । पछिल्लाे समय उनले रेडियो अन्नपूर्णमा हरेक शनिबार ‘जदौँ’ कार्यक्रम चलाउँदै आएका थिए । उनका निबन्ध, कविता, गीत, समीक्षा, व्यङ्ग्य आदि प्रकाशित छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार