मौसममा सुधार अाउन अझै केही दिन लाग्ने, आज पनि देशभर वर्षा

फरक धार

२६ साउन २०७५, शनिबार

काठमाडौं– काठमाडौं उपत्यकासहित देशभर अझै दुई–तीन दिन मौसम यस्तै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सकृय रहेकाले देशभरनै मौसम केहीबेर खुलेजस्तो देखिएपनि फेरि बदली हुने महाशाखाले जानकारी दिएको छ ।

शनिबार देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहने र धेरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।

दिउँसो पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद विभुति पोखरेलले फरकधारलाई जानकारी दिइन । उनका अनुसार राती पनि पश्चिमका केही स्थान तथा पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै राती पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको उनले बताइन । काठमाडौंमा बिहान २२ डिग्री सेल्सियस मापन गरिएको तापक्रम दिउँसो बढेर २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्नेछ । काठमाडौंमा बिहान ५ः३२ बजे झुल्किएको घाम बेलुका ६ः४६ बजे अस्ताउनेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार