प्रिमियर लिगको नयाँ सिजनः म्यानचेस्टर युनाइटेडको सुखद सुरुवात

फरक धार

२६ साउन २०७५, शनिबार

काठमाडौं– क्लब फुटबलमा विश्वको चर्चित लिग इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु भएको छ ।  नयाँ सिजनको उद्घाटन खेलमा गएराती जोसे मोउरिन्होको म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हराउँदै पहिलो जित दर्ता गरेको हो । रुस विश्वकपको उपाधि उचालेका फ्रान्सका पाउल पोग्बाले पहिलो खेलमा युनाईटेडको कप्तानीसँगै सिजनको पहिलो गोल पनि गरे ।

उनले तेस्रो मिनेटमा नै पाएको पेनाल्टीमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । खेलको ८३ औँ मिनेटमा ल्युक शोवले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

जेमी भर्डीले लेस्टरका लागि इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेपनि हार टार्न सकेनन् । गत सिजन म्यान्चेस्टर युनाइटेडले दोस्रो तथा लेस्टरले नवौं स्थानमा रहेर लिग सकाएका थिए ।

लिगमा शनिबार ६ खेलहरु हुनेछन् । साँझ ५ः१५ बजे न्यूकासल र टोटनह्याम आमने सामने हुनेछन् । त्यस्तै बेलुकी ७ः४५ बजे एकै समयमा ४ खेलहरु हुनेछन् । बर्नमाउथ र कार्डिफ सिटी, फुलह्याम र क्रिष्टल प्यालेस, हडर्सफिल्ड टाउन र चेल्सी तथा वाटफोर्ड र ब्राइटन भिड्दा राति १०ः१५ बजे ओल्भरह्याम्टन र एभर्टनबीच खेल हुनेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार