माल्दिभ्समा चीनकाे प्रभाव बढ्याे, भारतीय पकड कमजोर बन्दै

फरक धार

२६ साउन २०७५, शनिबार

एजेन्सी– भारत र माल्दिभ्सबीचको सम्बन्धमा थप चिसोपना देखिएको छ । माल्दिभ्समा सैन्य सरकार आएपछि बढेको चिनियाँ सामिप्यतासँगै भारतको प्रभाव क्रमशः कम हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले लेखेका छन् ।

राष्ट्रपति अब्दुल्लाह यामिनलाई चीनको समर्थन र सहयोग बढेसँगै माल्दिभ्समा भारतीय पकड कमजोर बनेको बीबिसी हिन्दी लेखेको छ ।

राष्ट्रपति यामिनले भारतीय सेना र हेलिकप्टर फिर्ता लैजान आग्रह गरेसँगै दुईदेशको सम्बन्धमा दरार उत्पन्न भएको समाचारमा उल्लेख छ ।

गत जुनमा भारत र माल्दिभ्सबीच सहकार्यको औपचारिक सम्झौता सकिएको र नविकरण गर्न माल्दिभ्स अनिच्छुक देखिएको छ ।

 हिन्द महासागरका देशमा भारतले दशकौंदेखि सैन्य र नागरिक सहायता प्रदान गर्दै पकड जमाउँदै आएकोमा चीनले पनि क्षेत्रीय प्रभुत्व बढाउन भारतीय रणनीति अख्तियार गर्न थालेको छ । यसअघि भारतीय पकड भएको प्राय देशमा चिनियाँ सहयोग बढेसँगै सम्बन्धमा चीनले भारतलाई पछाडी छाडेको छ ।

यसअघि माल्दिभ्सले लगाएको राष्ट्रिय संकटकालको भारतले विरोध गरेको थियो । जसलाई राष्ट्रपति यामिनले आन्तरिक मामिलामा हस्तक्षेप भन्दै भारतीय पक्षको विरोध गरेका थिए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार