पोखरीमा डुबेर वृद्धको मृत्यु

फरक धार

२६ साउन २०७५, शनिबार

सिरहा – सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर शनिबार एक वृद्धको मृत्यु भएको छ ।

बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी)मा नुहाउने क्रममा करिब ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिए ।

सदाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार